स्वास्थ्य सेवा विभागका महानिर्देशक मन्त्रालयमा तानिए
बिहीबार, २२ जेठ २०७७, १७ : ००
काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ स्वास्थ्य मन्त्रालयमा तानिएका छन् । यस्तै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा जागेश्वर गौतम पनि मन्त्रालयमा तानिएका छन् ।
मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट उनीहरुलाई मन्त्रालय तान्ने निर्णय भएको हो ।
व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई पनि मन्त्रालय नै तानिएको मन्त्रालयका एक अधिकारीले बताए ।
परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डाक्टर गौतमको ठाउँमा डाक्टर संगीता कौशललाई ल्याइएको छ ।
यस्तै विभागको महानिर्देशकमा डाक्टर दीपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखामा डा रमेश खरेललाई जिम्मेवारी दिएको मन्त्रालयका ती अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
-
बौद्धबाट पेस्तोलसहित एकजना युवक पक्राउ
-
सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही
-
सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन
-
ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
-
बागमतीको प्रमुख सचिवमा कार्कीलाई मुकरर