केन्द्रीय संस्करण
समाचार

स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

person explore access_timeजेठ २२, २०७७ chat_bubble_outline0

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेका हुन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव गरेको तर स्वीकृत भइनसकेको जनाए । 

 सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गर्नेछ । २ हजारभभन्दा बढी कोरोना संक्रमित भएको खण्डमा स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने व्यवस्था छ । 

संक्रामक रोग ऐन २०२० अनुसार संकटकाल आदेश जारी गर्न अधिकारी तोक्नुपर्ने पनि व्यवस्था छ । सोही अनुसार स्वास्थ्य मन्त्रालयका सचिवलाई तोक्न पनि मन्त्रालयले प्रस्ताव गरेको छ । 

त्यस्तै मन्त्रालयले स्वास्थ्य सहायता लिने कार्यविधि बनाउने र स्वीकृत गर्ने प्रावधान अनुसार त्यसको मापदण्ड बनाएको छ । जसमा मापदण्ड, मर्मतसम्भार, वितरण र भन्सार छुटमा छुटमा सहजीकरण गर्नेछ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.