बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, कूल संक्रमितको संख्या २६३४ पुग्यो

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो
बिहीबार, २२ जेठ २०७७, १६ : ३८
बिहीबार, २२ जेठ २०७७

नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ । 

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १ जना, नारायणी अस्पताल विरगंजमा पर्साका १ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान विराटनगरमा झापाका ३ जना, ताप्लेजुङका १ जना, मोरङका १ जना र सप्तरीका १३ जना गरी १८ जना, हेटौडा स्थित प्रादेशिक प्रयोगशालामा बाराका ७, सिन्धुलिका १ र रौतहटका १ गरी ९ जना, पोखरामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ जना गरी कुल १६ जना, सेती प्रादेशिक अस्पतालमा डोटिका ३ जना, भेरी अस्पतालमा बाँकेका ४२ जना, धुलिखेल अस्पतालमा कपिलवस्तुका १७ जना, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मुगुका १ र दैलेखका १ सय ५ जना गरी कुल १ सय ६ जना, कोशी अस्पतालमा झापाका २ जना र खोटाङका ३ जना गरि ५ जना, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका ८ जना, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बारामा ५ जना, धनुसाका ६ जना, कपिलवस्तुका १२ जना, महोत्तरीका ३ जना, रौतहटका ६४ जनामा संक्रमण देखिएको छ ।

आज देखिएको संक्रमण भएका व्यक्तिहरुमा ३ सय १९ जना पुरुष र १५ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार अहिले सम्म कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण र ५ हजार १ सय ८५ आरडिटी परीक्षण गरिएको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रवक्ता देवकोटाले पाँच दिन अघि भारतबाट आएका पाल्पा जिल्ला पूर्वखोला गाउँपालिकाका एक जना पुरुसको तानसेन स्थिति मिसन अस्पतालमा जेठ २० गते मृत्यु भएको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए । 

यस्तै थप १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप