मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा आजै १०२ जना कोरोना संक्रमित थपिए

बिहीबार, २२ जेठ २०७७, १६ : ११
बिहीबार, २२ जेठ २०७७

धनुषा । प्रदेश नम्बर २ मा बिहीबार १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा प्रदेश नम्बर २ मा पनि संक्रमित तीव्र गतिमा बढ्दै गएको हो । 

संक्रमितमध्ये रौतहटका ६५ जना, बाराका १२ जना, सप्तरीका १२ जना, धनुषाका ६ जना रहेको प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । 

यसैगरी महोतरीका ३ जना, सर्लाहीका ३ जना र  पर्साका १ जनामा संक्रमण पुष्टि भएको उनले बताए । यससँगै प्रदेश नम्बर २ मा संक्रमितको संख्या ९६१ पुगेको छ।  

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप