शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बन्ने भो लालबन्दी–दुम्जा सडक

बिहीबार, २२ जेठ २०७७, १५ : ५४
बिहीबार, २२ जेठ २०७७

सर्लाही । सरकारले सर्लाहीको लालबन्दीबाट सिन्धुलीको मरिण हुँदै घ्याङ्लेख दुम्जा जोड्ने करिब ६० किलोमिटर सडकलाई वैकल्पिक सहायक राजमार्गका रुपमा अगाडि बढाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटमा सो कुरा उल्लेख छ । 
सडक विभागका इन्जिनीयर अर्जुन पौडेलका अनुसार, आव २०७२÷७३ मा नै मरिण धमिलेदेखि घ्याङ्लेक हुँदै दुम्जासम्म ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । लालबन्दीदेखि मरिणसम्मको सडक खण्डको विस्तृत अध्ययन प्रतिवेदन निर्माण प्रक्रियामा रहेको छ ।

तराईलाई काठमाडौँसँग जोड्ने मुख्य वैकल्पिक मार्गका रुपमा बिपी राजमार्गको वैकल्पिक सडकका रुपमा लिइएको ११ मिटर फराकिलो सडक तीव्र गतिमा निर्माण तथा पुनःनिर्माणको काम भइरहेको छ । सो राजमार्गलाई दुम्जासम्म डबल लेनका रुपमा स्तरोन्नति गरेर यो सडकलाई वैकल्पिक मार्गका रुपमा लैजान सकिने जनाइएको छ । लालबन्दीबाट घ्याङ्लेखको चन्दनपुर हुँदै दुम्जाको सातदोबाटो जोड्ने सडक सुधार गर्न सकिएमा सो राजमार्गको चापलाई कम गर्न सकिने जानकारहरु बताउँछन् ।

सरकारले राष्ट्रिय गौरवको योजनाका रुपमा सुनकोशी–मरिण डाइभर्सन यसै वर्षदेखि शुरु गर्ने योजना रहेकाले सो राजमार्ग हुँदै पूर्व जाने यातायातका लागि बाइपासका रुपमा सो सडक प्रयोग गर्न सकिने सम्भावना रहेको छ । तराईबाट–काठमाडौँ जोड्ने छोटो मार्गका रुपमा लालबन्दी–मरिण–दुम्जा सडकलाई प्राथमिकतामा पारिएको सांसद हरिबोल गजुरेलले जानकारी दिए । यो मार्ग तराईबाट हिमाली जिल्ला जोड्ने छोटो सडक मार्गसमेत हो । यो मार्गको निर्माणपश्चात् दुम्जाको खैरेनीघाट हुँदै रामेछापको बेथान भएर दोलखाको चरिकोट छोटो दूरीमा पुग्न सकिन्छ ।

सडक विभागका महानिर्देशक केशवराज शर्माका अनुसार तराईबाट काठमाडौँ जोड्ने मजबुद वैकल्पिक मार्गका रुपमा लालबन्दी–दुम्जा सडक निर्माण भइरहेको छ । सांसद गजुरेलले यो बाटो बनेपछि मधेशलाई रामेछाप, काभ्रे, दोलखा र सिन्धुपाल्चोकसँग छोटो दूरीबाट जोड्ने बताए । सिन्धुलीको हरिहरपुरगढी, मरिण र घ्याँलेखका कृषि उत्पादनलाई तराईका बजार वा काठमाडौँ पु¥याउन यो सडकले महत्वपूर्ण सहयोग पु¥याउने सांसद गजुरेलको भनाइ छ । 
यसैगरी, महोत्तरीको खयरमारा हुँदै सिन्धुलीको धापचौकी पाथीपरान, सुलिभञ्ज्याङ  निस्कने बाटोको पनि वैकल्पिक सहायक राजमार्गका रुपमा काम भइरहेको छ । विगत तीन वर्षदेखि निर्माणमा रहेको यो सडक वैकल्पिक सहायक मार्गका रुपमा बन्ने भएपछि तराई–मधेशसँग ओखलढुङ्गा, खोटाङलगायत सिन्धुलीको तीनपाटन, फिक्कल, गोलञ्जोर, दुधौली र कमलामाई सहज यातायातले जोड्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप