शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईमा अलपत्र परेका नेपालीको भोलिदेखि उद्धार

बिहीबार, २२ जेठ २०७७, १५ : ४२
बिहीबार, २२ जेठ २०७७

युएई । सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धार कार्य सुरु गरेको छ । भोलि शुक्रवार युएई र बर्माबाट नेपालीहरुलाई नेपाल लगिने भएको छ । 

युएईमा अलपत्र परेका एकसय ५० जना भन्दा बढी नेपाली लैजान शुक्रवार पहिलो उडान हुनेछ । 

दूतावास युएई श्रोतका अनुसार शुक्रवार अति अलपत्र परेकाहरुको पहिचान गरी नेपाल लैजाने तयारी गरिएको छ ।

यसैगरी प्राथमिकताको आधारमा भिजिट भिसा, बृद्धा, गर्भवती महिलालाई आगामी ८ तारिक नेपाल फर्काउने तयारी भैरहेको दूतावास श्रोतले जनाएको छ।

दूतावासको जानकारी अनुसार युएईमा ५० भन्दा बढी नेपाली गर्भवती महिला उद्दारको पर्खाईमा रहेका छन् । 

युएईबाट नेपाल फर्कने चाहने नेपालीको संख्या १८ हजार ७ सय ७२ जना रहेकाे छ । 
यसैगरी बर्मामा अलपत्र परेका २६ नेपालीलाई पनि सरकारले शुक्रबार नै नेपाल लैजाँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप