शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा सबैभन्दा बढी कोरोना संक्रमित रौतहटमा, आजै ६५ नयाँ संक्रमित थपिए

बिहीबार, २२ जेठ २०७७, १५ : ३२
बिहीबार, २२ जेठ २०७७

रौतहट । प्रदेश नम्बर २ मा रौतहटमा सबैभन्दा धेरै कोरोना संक्रमित पुष्टि भएको छ ।  रौतहटमा दिनहुँ संक्रमित थपिने क्रम जारी छ । 

बिहीबार मात्र रौतहटमा एकैपटक ६५ जनामा कोरोना भाइरस संक्रमण  भएको छ । 

बिहीवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

रिपोर्ट अनुसार इशनाथ नपामा ४६, गुुजरामा ८, गढीमाईमा ७ जना फतुवा बिजयपुरमा १, चन्द्रपुरमा १,  माधव नारायणमा १ र दुुर्गा भगवती गाँउपालिकामा १ गरी कुल ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । 

संक्रमित मध्ये २ जना महिला रहेका छिन् भने अन्य पुरुष रहेका छन् ।  यसका साथै रौतहटमा संक्रमितको संख्या ३८७ पुुगेको छ  । प्रदेश नम्बर २ का ८ जिल्लामध्ये रौतहटमा सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो । 
रिपोर्ट अनुसार रौतहटमा पनि सबैभन्दा बढी इशनाथमा संक्रमित भएका छन् ।

नगर स्वास्थ संयोजक इशराजुल खानका अनुसार नगरक्षेत्रमा बिहीवारसम्म कोरोनाभाइरस संक्रमितको संख्या १०२ पुुगेको छ । यस्तै राजपुरमा ८३ जना संक्रमित रहेका छन् ।

जिल्लाका हालसम्म तीनजना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप