शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकैदिन दैलेखका १०५ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, २२ जेठ २०७७, १५ : ०९
बिहीबार, २२ जेठ २०७७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा  बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

संक्रमितमध्ये दैलेखका मात्रै १०५ जना रहेका छन् यस्तै मुगुका १ जना रहेका छन् । संक्रमितहरु १०१ जना पुरुष र ५ जना महिला रहेका छन् । 

पछिल्लो समय कर्णाली प्रदेशमा संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । कर्णाली प्रदेशमा अरु प्रदेशको तुलनामा ढिलागरी संक्रमण देखिएपनि भारतबाट आएकाहरु प्रदेशमा भित्रिएसँगै संक्रमित पनि थपिँदै गएका हुन् । 

हालसम्म कर्णालीमा ३८४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप