शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा लकडाउन खुकुलो बनाउन प्रशासन तयार

बिहीबार, २२ जेठ २०७७, १४ : ५१
बिहीबार, २२ जेठ २०७७

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएको छ । उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि दवावमा रहेको प्रशासन लकडाउन खुकुलो बनाउन तयार देखिएको हो । 

बिहीबार जिल्ला समन्वय समिति काठमाडौँको हलमा बसेको संयुक्त बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सरोकारवाला लकडाउन खुकुलो बनाउन तयार भएका हुन् । 

संयुक्त बैठकले गृह मन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरिएको उच्चस्तरीय समितिलाई उपत्यकामा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागि एक अधिकारीले बताए ।

सार्वजनिक यातायात, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समितिलाई सिफारिस गरिने भक्तपुरकी सिडिओ हुमकला पाण्डेको बताइन् । उनले भनिन्, ‘सरकारको निर्देशनअनुसार नै लकडाउनलाई पालना गरिन्छ ।’

बैठकले गरेको निर्णय उच्चस्तरीय समितिमा पठाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जिम्मा दिइएको छ । 

‘हामी छलफलमै छौं । लकडाउनका सन्दर्भमा पीएमसीले निर्णय गर्ने कुरा होइन । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले नै निर्णय गर्छ । अहिलेको अवस्थामा लकडाउनको पालना हुनुपर्छ,’ पाण्डेले भनिन् । 

चैत ११ गतेदेखि गरिएको लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी तथा व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसल खोलेर सञ्चालन गरेका थिए । त्यसपछि प्रशासनमाथि दवाव बढेको थियो ।  

बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओसहित चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख, जिल्ला समन्वय समिति र स्थानीय तहका पदाधिकारहरु समेत सहभागी रहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप