बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाईकलबाट लडेर फुपुको मृत्यु, भदा प्रहरी नियन्त्रणमा

बिहीबार, २२ जेठ २०७७, १३ : ४२
बिहीबार, २२ जेठ २०७७

रौतहट । रौतहटमा गुडिरहेको मोटरसाईकलबाट लडेर एक बृद्ध महिलाको मृत्यु भएको छ ।  फतुआ विजयपुर ५ कि ६० वर्षीया रमसखियादेवीको गरुडामा सामान्य उपचारपछि थप उपचार को लागि बीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रदेश २ ,३००१ प ४०२९ नम्बरको मोटरसाइकलबाट गरुडा नपा ५ महम्मदपुर नजिकै ती महिला लडेकी थिईन् । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि बीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको  ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए  ।

मोटरसाइकल र चालक फतुवा बिजयपुर ५ का दरोगा यादवको छोरा २० वर्षीय सञ्जिव यादवलाई नियन्त्रणमा लिइएको डिएसपी महतोले बताए । नातामा भदा पर्ने सञ्जिवले फुपु रमसखियालाई आज बिहान घरबाट काम विशेषले गरुडा लिएर जाँदा दुर्घटना भएको हो । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ । पक्राउ सञ्जिव यादवुँग सवारी चालक अनुमतिपत्र नरहेको र घटनाबारे थप अनुसन्धान भैइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप