पाकिस्तानले पनि उछिन्यो चीनलाई
बिहीबार, २२ जेठ २०७७, १३ : ०६
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ८५ हजार २६४ पुगेको छ । योसँगै संक्रमितको संख्याको मामिलामा चीनलाई पनि उछिन्ने पाकिस्तान अर्को देश बनेको छ ।
पाकिस्तानमा हालसम्म १ हजार ७७० जनाले ज्यान गुमाइसकेका छन् ।
देशमा संक्रमितको संख्या बढी रहे पनि मेको सुरुवातबाट लकडाउनलाई खुकुलो पारिएको थियो । यता, सरकारले कोरोनाभाइरसको परीक्षणलाई पनि तीव्र पारेको छ ।
चीनमा हालसम्म ८४ हजार १६० जना संक्रमित फेला परेका छन् भने ४ हजार ६३८ जनाले ज्यान गुमाइसकेका छन् ।
विश्वमा कोरोना संक्रमितको संख्या ६५ लाख ७३ हजार ५८६ रहेको छ । यस दौरान ३१ लाख ७० हजार ५३२ जना निको भएका छन् भने ३ लाख ८८ हजार ४१ जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद