केन्द्रीय संस्करण

कोरोनाविरुद्ध लड्नमा यी नायिकाको साथः नग्न फोटो लिलामी हुँदै

person explore access_timeजेठ २२, २०७७ chat_bubble_outline0

हलिउड नायिका जेनिफर एनिस्टनले कोरोनाभाइरसविरुद्धको जारी युद्धमा रकम जुटाउनका लागि आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छिन् । जेनिफर एनिस्टनको यो तस्बिर सन् १९९५ को हो, त्यसताका जेनिफर आफ्नो टिभी शो फ्रेन्ड्सका कारण अत्यधिक चर्चामा थिइन् । नायिकाले तस्बिरको लिलामीमार्फत् उनले जति रकम पाउँछिन् त्यो कोरोना भाइरससँग लड्नका लागि प्रदान गरिने जानकारी दिएकी छिन् ।

इन्स्टाग्राममा यसको जानकारी दिँदै नायिकाले लेखेकी छिन्, ‘मेरो एक विशेष साथी मार्कले २५ वटा तस्बिर लिलामी गर्ने निर्णय गरेका छन् । यी तस्बिरमध्ये मेरो पनि एउटा तस्बिर छ । मार्कले यो निर्णय कोरोना भाइरसविरुद्धको युद्ध लड्नका लागि गरेका हुन् । यो लिलामीबाट पाउने रकमको पूरा हिस्सा एउटा यस्तो संस्थालाई दिइनेछ जसले आर्थिक रुपमा कमजोर वर्गका लागि निःशुल्क कोरोनाभाइरस परीक्षण र उपचारको सुविधा दिइरहेको छ । तिमीलाई धन्यवाद मार्क, हालका लागि यो तस्बिरको मूल्य ६५ हजार डलर राखिएको छ ।’

यसका साथै नायिकाले एउटा भिडियो र आफ्नो त्यो तस्बिर सेयर गरेकी छिन्, जसको लिलामी गरिनेछ । नायिकाको उक्त पोस्टपछि मानिसहरुले उनको यो कदमको निकै तारिफ गरिरहेका छन् । जेनिफर एनिस्टनले केही महिना अघि मात्रै इन्स्टाग्राममा डेब्यू गरेकी थिइन् । उनले ५ घण्टा १६ मिनेटमा १ मिलियन अर्थात् १० लाख फलोअर्सको रेकर्ड बनाएकी छिन् । यसका लागि उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गरिएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.