२ सैनिकसहित ५ जनाले जिते कोरोना
बिहीबार, २२ जेठ २०७७, १२ : ०८
काठमाडौं । पर्साको नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा उपचार ५ जनाले कोरोना जितेका छन् ।
कोरोना रिपोर्ट नेगेटिभ आएसँगै बिहीबार ५ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा बाराका २ जना र पर्साका ३ जना रहेका छन् । बाराको कलैयामा कार्यरत ३५ र ३६ वर्षीय २ सैनिक डिस्चार्ज भएका छन् ।
यस्तै पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय पुरूष, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का २५ वर्षीय पुरूष र वडा नम्बर १६ का ७० वर्षीय पुरूष डिस्चार्ज भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले बताए ।
हालसम्म पर्साको नारायणी अस्पतालबाट ७२ जना र नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकबाट ३० जना कोरोना भाइरसलाई पराजित गरि घर फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा