शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुरु भयो लकडाउनको अवज्ञा, तस्विरमा हेर्नुहोस्

बिहीबार, २२ जेठ २०७७, ११ : ३७
बिहीबार, २२ जेठ २०७७

लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।

बुधबार बसेको महासंघको बैठकले जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । महासंघले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको छ । उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्नेछन् । यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

महासंघले बजार खुलाउनु पर्नाका तीनवटा कारण उल्लेख गरेको छ । सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ताकेता गरेको र घरबेटीले घरभाडा मागेको अवस्थामा समेत व्यवसाय नखोले व्यवसाय पुन सुचारु गर्ने अवस्था नरहने भन्दै यस्तो निर्णयमा पुगेको अध्यक्ष कटुवालले बताए । 

यता, सरकारले पनि लकडाउनलाई बिस्तारै खुकुलो बनाउने तयारी सुरु गरेको छ । बुधबार विज्ञहरुसँगको छलफलपछि सरकारले यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक डाकेको छ ।

यहाँ प्रस्तुत गरिएका तस्विरहरु नयाँ सडक, असन लगायत क्षेत्रका हुन् । ११ बजेपछि भने पसलहरु बन्द गरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप