बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोले बनाए उत्कृष्ट ५ खेलाडीको सूचीः मेसी पहिलो स्थानमा, क्रिस्टियानो रोनाल्डोको नाम नै छैन

बिहीबार, २२ जेठ २०७७, १० : ४९
बिहीबार, २२ जेठ २०७७

ब्राजिलका पूर्व स्टार रोनाल्डोले लियोनल मेसीलाई पहिलो स्थानमा राख्दै वर्तमान विश्वका उत्कृष्ट फुटबलरको सूची तयार रहेका छन् । तर, उनले तयार गरेको सुचीमा क्रिस्टियानो रोनाल्डोको नाम नै छैन । 

जबकी, पछिल्लो पुस्तामा क्रिस्टियानो रोनाल्डो र मेसीमध्ये को उत्कृष्ट भनेर विश्व फुटबलमा सधैं विवाद हुने गरेको छ । यता, ब्राजिलका पूर्व स्टारको आँखामा भने मेसी नै पहिलो हुन् । यो खासै विवादास्पद निर्णय पनि होइन किनकी मेसी अहिलेका ‘बेलोन डि अर’ विजेता पनि हुन् ।
 
यस सुचीमा लिभरपुलका स्टार मोहम्मद सलाहको नाम पनि छ । उनले नेइमार, इडेन हार्जाड र कालियन एम्बाप्पेलाई पनि उत्कृष्ट ५ भित्र राखेका छन् । 

पेरिस सेन्ट जर्माइनबाट खेलिरहेका फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले २०१८ को विश्वकपमा निकै लोभलाग्दो खेल देखाएका थिए । 
‘पक्कै पनि मेसी पहिलो हुन् । अब हामीले यस्तै प्रतिभा देख्नका लागि कम्तिमा २० देखि ३० वर्ष लाग्छ,’ रोनाल्डोले भनेका छन् ।’

क्रिष्टियानो रोनाल्डो यस सुचीमा नपर्दा भने धेरैले अनौठो मानेका छन् । युभेन्टस्बाट खेल्ने पोर्चुगिज स्टार ३५ वर्षको उमेरमा पनि उच्च  फर्ममा छन् र यस सिजन उनले २५ गोल आफ्नो नाममा लेखाइसकेका छन् । 

बरु, रियल म्याड्रिडमा इडेन हाजार्डले अपेक्षाअनुसार खेल्न सकेका छैनन्, यद्यपी उनी विश्वस्तरीय खेलाडी  हुन् । नेइमार पनि विश्वस्तरीय खेलाडी हुन्, तर अहिलेसम्म ‘बेलोन डि अर’ जित्ने उनको इच्छा पूरा भएको छैन । लिभरपुलबाट पछिल्लो सिजन निकै उत्कृष्ट खेलिरहेका सलाह भने आलोचनाबाट मुक्त छन् । 

मेसीले ६ पटक र क्रिष्ट्रियानो रोनाल्डोले ५ पटक बेलोन डि अर जितेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप