शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज – अधिराजकुमार ज्ञानेन्द्र बने नेपालका नयाँ राजा

बिहीबार, २२ जेठ २०७७, १० : ३१
बिहीबार, २२ जेठ २०७७

आज ४ जुन अर्थात् जेठ २२ । १९ जेठ २०५८ को दरबार हत्याकाण्डपछि उपचार गराइरहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । तर, आजैका दिन दीपेन्द्रलाई मृत घोषणा गरियो । त्यसपछि अधिकारकुमार ज्ञानेन्द्र नेपालको नयाँ राजा बने ।

२०५९ साल जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रतिनिधिसभा भंग गरेका राजा ज्ञानेन्द्रले सोही वर्ष असोज १९ मा देउवालाई नै बर्खास्त गरेर नयाँ प्रधानमन्त्रीका लागि दर्खास्त आव्हान गरे । त्यसपछि उनले लोकेन्द्र बहादुर चन्द, सूर्यबहादुर थापा र अन्तत फेरि शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गरे । यस अवधिमा अधिकांश राजनीतिक दल राजा ज्ञानेन्द्रको विरोधमा सडकमा संघर्षरत थिए ।

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले फेरि देउवालाई बर्खास्त गरेर सक्रिय शासन सुरु गरे । राजाको यस कदम असंवैधानिक रहेको भन्दै देशका प्रमुख सात राजनीतिक दल सडकमा एक ठाउँ उभिए । यसपछि विद्रोही माओवादीसँग उनीहरुको सहकार्य भयो ।

२०६२–६३ को १९ दिने जनआन्दोलनपछि बाध्य भएर राजा ज्ञानेन्द्रले सात राजनीतिक दलको मागअनुसार प्रतिनिधिसभा पुनस्र्थापना गरे । यही प्रतिनिधिसभाले राजाका अधिकार कटौती ग¥यो । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले अन्तरिम सरकारको नेतृत्व गरे । विद्रोही माओवादी समेतलाई शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा ल्याइयो ।

२०६३ साल माघ १ गते अन्तरिम संविधान लागु भएपछि संवैधानिक रुपमै राजा भूमिकाविहीन बने । २०६४ सालको अन्त्यमा संविधानसभाको निर्वाचन भयो । निर्वाचनपछि माओवादी देशको ठूलो पार्टी बन्यो र २०६५ साल जेठ १५ गते संविधानसभाको  पहिलो बैठकले विधिवत् रुपमा गणतन्त्र घोषणा ग¥यो । राजा ज्ञानेन्द्रले आम नागरिकझैं साधारण जीवन बिताउने घोषणासहित नारायणहिटी दरबार छाडे ।

अन्य घटनाक्रम

– सन् १९८९ मा आजैका दिन चीनको राजधानी बेइजिङमा चिनियाँ सेनाले शान्तिपूर्वक प्रदर्शन गरिरहेका निशस्त्र नागरिकमाथि बन्दूक र ट्यांकबाट हमला गरेको थियो । यसलाई ‘तियानमेन स्क्वायर नरसंहार’ का रुपमा चिनिन्छ ।

– युगोस्लाभियाको पूवर्ण गणतन्त्र मोन्टेनेग्रोद्वाारा स्वतन्त्रताको घोषणा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप