मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले भनेजस्तै भारतमा कोरोनाभाइरसको छुट्टै ‘प्रकार’ फेला

बिहीबार, २२ जेठ २०७७, ०९ : ४१
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठको पहिलो साता कोरोना भाइरसका बारेमा भनेका थिए– भारतबाट कडा खालको भाइरस आयो ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका थिए । अन्यत्र देखिएका भाइरसको तुलनामा भारतमा देखिएको भाइरस कडा खालको रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

त्यतिबेला भारतीय मिडियाले प्रधानमन्त्री ओलीको उक्त भनाइलाई ‘आधारहीन’ देखाउन कुनै कसर बाँकी राखेनन् । भारतका केही टेलिभिजन च्यानलले यस विषयमा ‘टक शो’ नै चलाए । उनीहरुले प्रधानमन्त्री ओलीको उक्त भनाइ भारतलाई अपमानित गर्न, आलोचना गर्नमात्र केन्द्रित रहेको निश्कर्ष निकालेका थिए ।

तर अहिले भारतीय वैज्ञानिकहरुले नै भारतमा कोरोना भाइरसको नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् । हैदरावादको सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी (सीसीएमबी) का वैज्ञानिकले भारतका कोरोना संक्रमितमा कोरोनाभाइरसकै नयाँ प्रकारको भाइरस पत्ता लगाएका हुन् । यस्तो भाइरस दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा बढी पाइएको छ ।

वैज्ञानिकहरुले भाइरसको यो अनौठो समूहलाई ‘क्लेड ए३आइ’ नाम दिएका छन् । यस्तो भाइरस भारतमा जीनोम (जीनहरुको समूह) सिक्वेन्सका ४१ प्रतिशत नमूनामा पाइएको छ ।

सीसीएमबीका निर्देशक तथा रिसर्च पेपरका सहलेखक राकेश मिश्राका अनुसार तेलंगाना र तमिलनाडुबाट लिइएका धेरैजसो नमूनामा ‘क्लेड ए३आइ’ पाइएको छ ।

भारतमा यतिबेला कोरोनभाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ । देशमा दुई लाख ७ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

भाइरसहरु म्युटेसन हुने सम्भावना रहन्छ । यसले गर्दा एउटै भाइरसको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ । कोरोनाभाइरसको म्युटेसनको बारेमा विश्वभर अध्ययनहरु भइरहेका छन् । 

स्रोत : https://navbharattimes.indiatimes.com/india/hyderabad-scientists-claim-india-has-a-distinct-type-of-corona-virus/articleshow/76186523.cms

https://zeenews.india.com/hindi/india/corona-scientists-found-a-separate-group-of-viruses-in-india/690714

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप