मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘वादा रहा सनम’ जस्ता गीत लेखेका वरिष्ठ भारतीय गीतकार अनवर सागरको निधन

बिहीबार, २२ जेठ २०७७, ०९ : ०४
बिहीबार, २२ जेठ २०७७

अक्षय कुमार स्टारर ‘खिलाडी’ मा वादा रहा सनमजस्ता गीत लेख्ने वरिष्ठ गीतकार अनवर सागरको बुधबार निधन भएको छ । मुम्बईको कोकिलाबेन अस्पतालमा डाक्टरका अनुसार उनलाई अस्पताल ल्याउँदासम्म उनको मृत्यु भइसकेको बताए । उनी लगभग ७० वर्षका थिए ।

दिवंगत अनवर सागरका छोरा सुल्तान सागरले बिहान स्वास्थ्य खराब भएपछि उनलाई सुजोय, मोर्डन, क्रिटी केयरजस्ता थुप्रै अस्पतालमा लगिएको तर कसैले पनि ठाउँ खाली नभएको भन्दै उपचार गर्न अस्विकार गरेको बताए । पछि उनलाई कोकिलाबेन धीरुभाई अम्बानी अस्पताल पुर्याएको र त्यतिबेलासम्म उनको धड्कन बन्द भएको र हृदयघातका कारण मृत्यु भएको उनले बताए । उनलाई बुधबार १२ बजे मृत घोषणा गरियो ।

गायक तथा इन्डियन पर्फर्मिङ राइट सोसाइटीका बोर्ड सदस्य सैयद अहमदले अनवर सागर लामो समयदेखि मुटुरोग सम्बन्धि रोगसँग जुधिरहेको बताए । उनका श्रीमती र दुई सन्तान छन् ।

८० र ९० को दशकमा लेखे फिल्मी गीतः

अनवरले ८० र ९० को दशकमा डेविड धवनको याराना, ज्याकी श्रोफकी सपने साजन के, अक्षय कुमारको खिलाडी र मै खिलाडी तू अनाडी र अजय देवगनकी विजयपथका लागि गीत लेखे । उनले खिलाडी फिल्मको गीत वादा रहा सनमले इन्डष्ट्रिमा भिन्न पहिचान दिलायो । यो गीत अक्षय र आयशा जुल्कामाथि छायांकन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप