बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा १५ वर्षीया किशोरीमा कोरोना संक्रमण पुष्टि

बिहीबार, २२ जेठ २०७७, ०८ : ३८
बिहीबार, २२ जेठ २०७७

वीरगन्ज – पर्सामा फेरी एक जना कोरोना संक्रमित भेटिएका छन् । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएकी १५ बर्षकी किशोरी कोरोना संक्रमित भएकी हुन् । 

कन्ट्र्याक्ट ट्रेसिङ्गको आधारमा सो बालिकाको स्वाब संकलन गरि नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

पहिलो पटक परिक्षण गर्दा नेगेटिभ आएको भएपनि पुनःजेठ १९ गते दोस्रो पटक स्वाब संकलन गरि परिक्षण गर्दा बुधबार राति संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले रातोपाटीलाई जानकारी दिए ।

सो बालिकालाई उनकै बुबाबाट कोरोना सरेको मेसु उपाध्यायले बताए । पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएका ३९ बर्षका उनका बुबा जेठ ६ गते भारतको दिल्लीबाट आएका थिए । 

उनका बुबालाई पोखरिया नगरपालिकाको जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार मावीको क्वारेन्टिानमा राखेर स्वाब संकलन गरि नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा जेठ १५ गते संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल करोना विषेश अस्थायी अस्पताल गण्डकमा राखिएको छ । 

१५ बर्षीया बालिकालाई बुधबार राति संक्रमण पुष्टि भएकोले नारायणी अस्पताल विषेश करोना अस्थायी अस्पताल गण्डकमा बिहिबार मात्र लग्ने तयारी भई रहेको  मेसु उपाध्यायले बातए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप