बढ्दै तनावः अमेरिकाले चिनियाँ एयरलाइन्सको उडान रोक्ने
अमेरिकाले चीनबाट आउने–जाने उडानहरुलाई आगामी जुन १६ देखि रोक्ने भएको छ । अमेरिकाको यो कदमलाई दुई देशबीच बढ्दो तनावको संकेतको रुपमा हेरिएको छ ।
अमेरिकाको यातायात विभागका अनुसार चीनले अमेरिकी उडानहरुलाई आफ्नो देशमा प्रवेश गर्न अनुमति नदिएको जवाफमा यो निर्णय लिइएको हो ।
चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा रहेको छ भने अमेरिका यतिबेला विश्वमै सबैभन्दा प्रभावित राष्ट्रको रुपमा रहेको छ । यो बेला दुई देशबीच कोरोनाभाइरस र हङकङको मुद्दामा तनाव बढिरहेको छ ।
अमेरिकाले हवाई यात्राको मुद्दामा चीनसँग छलफल जारी रहने जनाएको छ ।
यातायात विभागको आदेश चीनका चार एयरलाइन्समाथि लागू हुनेछ – एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, हेनान एयरलाइन्स र चाइना सदर्न एयरलाइन्स ।
यी एयरलाइन्सले महामारीको दौरान पनि अमेरिकाबाट उडान सञ्चालन गरिरहेको थियो । यद्यपि, यिनीहरुको क्षमता भने घटाइएको थियो ।
यतायात विभागको फैसला लागू हुनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमति आवश्यक हुन्छ । ट्रम्पले हालका दिनमा चीनप्रति आक्रामक रवैया अपनाएका छन्, विशेष गरेर महामारी र हङकङको मुद्दामा ।
अमेरिकाको यो निर्णयबारे चीनमा रहेको अमेरिकी दूतावासबाट कुनै टिप्पणी आएको छैन ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
‘पर्यटन बोर्ड’ को सीईओ बन्न मरिहत्ते: के छ आकर्षण ?