शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सफोर्डको भ्याक्सिनको ट्रायल ब्राजिलमा हुने

बिहीबार, २२ जेठ २०७७, ०७ : १७
बिहीबार, २२ जेठ २०७७

युनिभर्सिटी अफ अक्सफोर्डमा कोरोना संक्रमण रोकथामका लागि विकसित गरिएको एक नयाँ भ्याक्सिनलाई मध्य जूनदेखि ब्राजिलमा ट्रायल गरिनेछ ।

यो हप्ता भर्ना भएका दुई हजार स्वयंसेवकमाथि यो भ्याक्सिनको ट्रायल हुनेछ । यो अनुसन्धानमा मद्दत गरिरहेको युनिभर्सिटी अफ साओ पाउलोका अधिकारीका अनुसार अनुसन्धानमा १८ देखि ५५ वर्षबीचका स्वयंसेवक स्वास्थ्यकर्मी समावेश गरिनेछ ।


कोभिड–१९ अस्पतालमा सर–सफाईको काम गर्ने स्वयंसेवक पनि ट्रायलमा भाग लिन सक्नेछन् ।

युनिभर्सिटी अफ प्रेसिडेन्ट सोराया स्माइलीका अनुसार कोरोना संक्रमितको संख्या ब्राजिलमा अत्यधिक देखिएपछि यो अध्ययनका लागि ब्राजिललाई छानिएको जानकारी दिए । यतिखेर अमेरिकापछि कोरोना संक्रमितको संख्यामा ब्राजिलमा सबैभन्दा धेरै छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप