बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुकिछिपी नेपाल आउने घटे

बिहीबार, २२ जेठ २०७७, ०६ : ३६
बिहीबार, २२ जेठ २०७७

काठमाडौं – भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ तर कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीहरूको छ ।
 
धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले प्रवेश बिन्दु तय गरिएपछि लुकिछिपी स्वदेश फर्कनेहरूको सङ्ख्यामा कमी आएको बताए । 

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रवेश बिन्दु तोकिनुअघि भारतबाट लुकिछिपी स्वदेश फर्केको पाइए पनि प्रवेश बिन्दु तोकिएपछि गौरीफन्टा नाकाबाहेक अन्य ठाउँबाट स्वदेश प्रवेशमा पूर्णरूपमा निषेध गरिएको जानकारी दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले सरकारद्वारा तोकिएको प्रवेश बिन्दुको पूर्ण पालना गरिएको बताउँदै खुला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गरिरहेकालाई क्वारेन्टाइनमा राख्ने गरिएको र उनीहरूको पीसीआर परीक्षण गर्ने गरिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप