बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुजरातको केमिकल उद्योगमा विष्फोट, ५ जनाको मृत्यु

बुधबार, २१ जेठ २०७७, २३ : ५२
बुधबार, २१ जेठ २०७७

एजेन्सी । भारतको गुजरातमा एक केमीकल उद्योगमा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । गुजरातको भरुच जिल्लाको दहेज औधोगिक क्षेत्रअन्तर्गत पर्ने यशस्वी केमिकल उद्योगमा एक्कासि विष्फोट हुँदा ५ जनाको मृत्यु भएको हो । घटनामा थुप्रै मजदुरहरु घाइते भएका छन् ।

विष्फोटपछि औधोगिक क्षेत्र वरिपरि कालो धुँवाको मुस्लो देखिएको थियो । विष्फोटपछि लागेको आगो नियन्त्रण गर्न १२ दमकलको प्रयो गरिएको थियो । 

भरुच जिल्ला अधिकारीहरुका अनुसार बुधबार दिउँसो १२ बजे उद्योगमा विष्फोट भएको र ५ जनाको ज्यान गएको छ । अधिकारीहरुका अनुसार ५७ जना मजदूर घाइते भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप