नेपाली दूतावास युएईको अनुरोध
युएई। युएईस्थित नेपाली दूतावासले एकपटक भरिसकेको फारम दोश्रोपटक नभर्न सबैमा अनुरोध गरेको छ। दूतावासको वेभसाइट र फेसबुक पेजबाट रजिष्ट्रेसन फारम दूतावासमा प्राप्त भएको जारी सूचनामा जनाइएको छ।
एकपटक भरिसकेको फारम पुनः पेश गर्न नसकिने भएकोले एकपटक भरिसकेपछि ढुक्क रहन दूतावासले अनुरोध गरेको हो। थप विवरण आवश्यकता भएमा सम्बन्धित ब्यक्तिले भरेको फारमको आधारमा टेलिफोन वा ईमेलमार्फत माग गरिने दूतावास अबुधावीले जनाएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्ले हालै नेपाली नागरिकहरुलाई स्वदेश फर्कन सहजिकरण गर्ने सम्बन्धि कार्यविधि स्वीकृत भई विदेशमा रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा क्रमशः नेपाल लैजाने तयारी गरिरहेकोले उडानको मिति र तालिका प्राप्त हुनासाथ सबैलाई जानकारी गराउने दूतावासले जनाएको छ।
नेपाल जानुअधि गरिने कोभिड–१९ परिक्षणको लागि युएई सरकारसँग दूतावासले समन्वय गरि मिति, समय र स्थानबारे उपयुक्त समयमा जानकारी गराउने सूचनामा उल्लेख गरिएको छ। विभिन्न खाले भिसाको म्याद सकिएको हकमा कुनै चिन्ता नलिन अनुरोध गर्दै दूतावासले युएई सरकारले गत मार्च १ भन्दा पहिले भिसा सकिएको हकमा जुन १ बाट लागू हुनेगरि ३ महिनाभित्र स्वदेश फर्किएमा जरिवाना मिनाहा र मार्च १ पछि भिसाको म्याद सकिएको आप्रवासीको हकमा आगामी डिसेम्बर २०२० सम्मका लागि स्वतः नविकरण हुने र उडान नहुन्जेलका लागि पीडित नेपाली नागरिकहरुलाई बिगतका दिनहरु जस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाली समाज युएईको सहकार्यमा राहत वितरण गरिने दूतावासले जनाएको छ।
दूतावासमा टेलिफोन, इमेल, फेसबुक पेज मार्फत गुनासा र जिज्ञासा निरन्तर प्राप्त भईरहेको, इमेल टेलिफोन सम्पर्क चाप निकै भएकोले त्यसलाई थप ब्यबस्थित बनाउन थप टेलिफोन नम्बर उपलब्ध गराएको दूतावासको सूचनामा उल्लेख छ। सूचनामा बिभिन्न समस्यामा परेका नेपाली नागरिकहरुको लागि छुट्टाछुट्टै टेलिफोन नम्बर, तल उल्लेखित ब्यक्ति र इमेलमा सम्पर्क गर्न दूतावास युएईले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ