केन्द्रीय संस्करण

अमेरिकामा जारी आन्दोलनको स्वरुप परिवर्तन

person explore access_timeजेठ २१, २०७७ chat_bubble_outline0

एजेन्सी । हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या भएको भन्दै देशभरी प्रदर्शन भइरहेको छ ।

एकहप्ता अगाडी भएको घटनापछि गत हप्ताभरी हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुन थालेको हो । अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् । आन्दोलन हिंसात्मक हुँदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर कफ्र्यु आदेश पनि जारी गर्नु गरेको थियो । कतिपय ठाउँमा कफ्र्यु पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए । 

प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १ जनाको मृत्यु पनि भएको छ । यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् । तर बुधबार विहान भने देशभरी हजारौँ व्यक्तिले सडकमा शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।  मृतक फ्लोयडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेकाले हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भएको हो । –एपी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.