चितवन राष्ट्रिय निकुञ्जमा रुखले किचेर गैँडा मर्यो
बुधबार, २१ जेठ २०७७, २२ : १४
चितवन , चितवन राष्ट्रिय निकुञ्जमा हावाहुरीले रुख ढल्दा त्यसले लागेर राष्ट्रपति ताल क्षेत्रमा गैँडा मरेको छ । सो क्षेत्र कसरबाट दक्षिण पूर्वमा पर्दछ । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीकाअनुसार गएको सोमबार आएको हावाहुरीपछि ढलेको रुखले गैँडा मरेको अनुमान गरिएको छ । गैँडा रुखले थिचेको अवस्थामा आज भेटिएको हो ।
उनका अनुसार वयस्क पोथी गैँडा मरेको हो । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन क्षेत्रमा कालगती र दुर्घटनाबाट मर्ने गैँडाको सङ्ख्या २६ पुगेको छ । गत वर्ष निकुञ्ज र वन क्षेत्रमा कालगतीबाट ४३ गैँडा मरेका थिए । सो घट्नापछि बिहीबारबाट निकुञ्जमा ‘स्पि अप्रेसन’ गरिँदै छ । ठूलो हावाहुरी आएकाले निकुञ्ज क्षेत्रमा क्षति भएको हुनसक्ने भन्दै अप्रेसन गर्न लागिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी