शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलेको सायसालाई ‘एक चिलिम’ माया

बुधबार, २१ जेठ २०७७, १९ : २२
बुधबार, २१ जेठ २०७७

काठमाडौं । कोरना कहरबीच संगीत प्रेमीहरुलाई मनोरञ्जन दिने उदेश्यले गायक केशव भाबुकले नयाँ गीत ‘एक चिलिम’ सार्वजनिक गरेका छन् । २ महिनाभन्दा लामो समयदेखिको पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश, हताश भएको बेला गायक भावुकले गीतमा छोटो जिन्दगीमा चिन्ता, पीर नलिएर रमाइलो गरेर बिताउनुपर्ने सन्देश दिन खोजेका छन् । 

गीतमा स्वर, शब्द र संगीत गायक केशवकै रहेको छ । उनलाई स्वरमा साथ गायिका बेनुका राईले पनि दिएकी छिन् । गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा हास्यकलाकार सागर लम्साल ‘बले’ र सायसाको रोमान्स देख्न सकिन्छ ।

डान्सिङ बिटको भिडियोमा सुमन तामाङको कोरियोग्राफी, रामकुमार केसीको छायाँकन र विज्ञान राईको सम्पादन तथा निर्देशन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप