शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१३ वर्षीया किशोरीमाथि करणीको प्रयास, एक जना पक्राउ

बुधबार, २१ जेठ २०७७, १८ : ५२
बुधबार, २१ जेठ २०७७

भक्तपुर । आफन्त काममा गएको मौका पारेर १३ वर्षीया किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

ती किशोरीलाई काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. ४ घर भई हाल भक्तपुर नगरपालिका– २ ब्यासी बस्ने ३१ वर्षीय मोहन तामाङले बुधबार जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ । 

पीडित किशोरी ब्यासीमा फुपु र फुपाजुसँग कोठामा बस्दै आएकी महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए । 

फुजु र फुपाजु गलैचा कारखानामा काममा गएको मौका पारी तामाङले ती किशोरीको मुख थुनी जबरजस्ती करणी गर्न लाग्दा किशोरीको फुपाजु कोठामा पुगेका थिए । 

घटनापछि फरार तामाङलाई खोजतलास गरी तत्कालै नियन्त्रणमा लिई भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको सूचना अधिकारी प्रनाउ गिरीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप