शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारकर्मीसहित १५० को रिपोर्ट नेगेटिभ

बुधबार, २१ जेठ २०७७, १८ : ३७
बुधबार, २१ जेठ २०७७

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा स्वाब सङ्कलन गरिएका १५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको भने रिपोर्ट पोजेटिभ आएको छ । यही जेठ १४ गते स्वाब सङ्कलन गरिएकाहरुको रिपोर्ट झण्डै एक सातापछि आज सार्वजनिक गरिएको हो । 

दुई दिनअघि वडा नं ११ का दुईमा सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरुको अहिले भैरहवामा उपचार भइरहेको छ । वाणगङ्गाका एक जनप्रतिनिधि र दुई पत्रकार सङ्क्रमित भएपछि कन्ट्याक ट्रेसिङका आधारमा सिद्धार्थ क्याम्पसमा स्वाब सङ्कलन गरिएको मध्ये दुईबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख ठगप्रसाद पौडेलले बताए ।

स्वाब सङ्कलन गरिएकामध्ये  सञ्चारकर्मी १७,  जनप्रतिनिधि १३, नगरका कर्मचारी २८,  सुरक्षाकर्मी दुई, क्वारेन्टिनमा रहेका १५ र समुदायका ७५ गरी १५२  को स्वाब सङ्कलन भएको थियो ।  कपिलवस्तुको सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो ÷टेलिभिजनका दुई सञ्चारकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्टेशन भवनलाई क्वारेन्टिन बनाएर आठ सञ्चारकर्मी बसेका थिए । त्यहाँ कार्यरत नौ कर्मचारी होम क्वारेन्टिनमा बसेका थिए  । सबैको  रिपोर्ट नेगेटिभ आएपछि १२ दिनदेखि क्वारेन्टिनमा बसेका सञ्चारकर्मीलाई आज क्वारेण्टाइनबाट बिदा गरिएको छ । 

बाह्र दिनसम्म सञ्चारगृहको क्वारेन्टिनमा बसेर जनतालाई सूसूचित गर्ने काममा खटिएका समाचार शाखा र प्राविधिक शाखाका सञ्चारकर्मीलाई व्यवस्थापक भेषराज पाण्डेले धन्यवाद ज्ञापन गर्दै सबैको नेगेटिभ नतिजा आएकामा खुसी व्यक्त गरे । अहिलेसम्म देशभर १८  सञ्चारकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप