क्वारेन्टिनमा बसेकाहरुबाट प्रशासकीय अधिकृतमाथि हातपात
बुधबार, २१ जेठ २०७७, १८ : २०
दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले आज हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात हुन् । भारतबाट आएका करीब १०० जिल्लाबासी सो क्वान्टिनमा एक हप्तादेखि बस्दै आएका छन् ।
उचित खालको व्यवस्थापन नगरेको जनाउँदै गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले अधिकृत हीरासिंह थापामाथि कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए । अध्यक्ष बुढाका अनुसार पालिकाको क्वारेन्टिनमा एक हजार ६०० सयभन्दा बढी भारतबाट आएका जिल्लाबासी बस्दै आएका छन् । केही दिन अगाडि गाउँपालिका –३ कोे एक विद्यालयको क्वारेन्टिनमा बसेकाहरुले स्थानीय सरकारले राम्रो व्यवस्थापन नभएको भन्दै गाउँपालिका घेराउ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै