बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा रेमडेसिभर औषधिको प्रयोगमा अनुमति

बुधबार, २१ जेठ २०७७, १७ : ५१
बुधबार, २१ जेठ २०७७

सियोल । दक्षिण कोरियाले कोरोनाभाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ । यो अनुमति दिएसँगै कोरोनाभाइरसको उपचारका लागि यस औषधिको आयात गर्न सहज भएको छ ।

संयुक्तराज्य अमेरिकाले अस्पतालहरुमा रेमडेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिइसकेको छ । त्यसलगत्तै जापानले पनि यो औषधिको प्रयोगलाई अनुमति प्रदान गरेको छ ।  दक्षिण कोरियामा रेमडेसिभरका सम्बन्धमा भइरहेको अनुसन्धानले बिरामी निको हुने समयमा निकै कमी आएको देखाएको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले यस औषधिको आयातका लागि अमेरिकी कम्पनी जाइलिडसँग परामर्श गरिरहेको बताएको छ । तर यस औषधिको मूल्य र संख्याका बारेमा केही खुलाइएको छैन । दक्षिण कोरियामा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ५९० जना संक्रमित भएका र २७३ जनाको मृत्यु भएको छ । अहिले पनि करिब ८०० जना बिरामी व्यक्तिहरु अस्पतालहरुमा उपचार गराइरहेका छन् । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप