बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कलर ओएस सेवेनको आधिकारिक भर्जन ओपो फोनमा उपलब्ध

बुधबार, २१ जेठ २०७७, १७ : २१
बुधबार, २१ जेठ २०७७

काठमाडौं– स्मार्टफोन ब्राण्ड ओपोले एण्ड्रोइड १०मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलर ओएस सेवेनका लागि रोल आउट प्लानको घोषणा गरेको छ । अप्रिल महिनादेखि नै ओपोका प्रयोगकर्ताहरुले कलर ओएस सेवेनको आधिकारिक भर्जन प्राप्त गरिरहेका छन् भने रनो, फाइन्ड र ए सिरिज लगायत थप उपकरणहरु (२० भन्दा बढी ओपोका स्मार्टफोन मोडल)मा पनि यो प्रयोगका लागि उपलब्ध हुनेछ । 

सन् २०१९को नोवेम्बरमा घोषणा गरिए देखि नै कलर ओएस सेवेनका लागि विश्वभर बाटै ओपोका प्रयोगकर्ताहरुले सकारात्मक प्रतिक्रिया दिँदै आइरहेका छन् । इन्फाइनाइट डिजाइन, तिब्र र स्मुथ पफर्मेन्स, सुदृढ सुरक्षा र सोलुप, फोकस मोड लगायत अत्याधुनिक फिचर्सका साथमा यो सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।

रोलआउटका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने, ‘कलरओएसका लागि जिम्मेवार समुहले गुणस्तरिय मापदण्डप्रति सटिक ध्यान दिँदै, प्रयोगकर्ताका प्रतिक्रियाहरुलाई पनि निकै गम्भिरता पूर्वक प्राथमिकतामा राखेका छन् । आधिकारिक भर्जन रोलआउट गर्नुपूर्व हामीले ९२ हजार परिक्षकहरु मार्फत बग्सका बारेमा जानकारी र तिनका प्रतिक्रिया लिँदै हजारौँ ट्रायल भर्जनमा हजारौँ पटक परिमार्जन गरेका छौँ ।’

विश्वभरका १ सय ४० देशमा कलर ओएका ३ सय ५० मिलियन प्रयोगकर्ता रहेका छन् भने, यो ८० भन्दा बढी भाषामा उपलब्ध गरिएको छ । आर एण्ड डी समुहले कलर ओएस सेवन ट्रायल भर्जनका प्रयोगकर्ताहरुद्वारा प्रेशित सल्लाह–सुझाव तथा प्रतिक्रियालाई विशेष प्राथमिकता दिँदै तिनले चाहेका फिचर्सहरुलाई आधिकारिक भर्जनमा समावेश गरिएको छ ।

उपलब्धता
ओपो फाइन्ड एक्स, फाइन्ड एक्स  सुपरभोक इडिशन, फाइन्ड एक्स आटोमोलि लयाम्बर्गिनी इडिशन, रेनो टेनएक्स जुम, रेनो, रेनो टू, रेनो टूएफ, आर१७ प्रो, एफ११ प्रो र एफ११मा कलरओएस सेवेनको आधिकारिक भर्जन अहिले नै उपलब्ध गराइसकिएको छ । अन्य ओपो स्मार्टफोन्सका लागि कलरओएस सेवेन अपडेटको आधिकारिक भर्जन निम्न तालिका अनुसार उपलब्ध गराइने छ । 

चरण १ः जुन अपग्रेड
1.  F9

2.  F9 Pro

3.  F7

4.  F7 128G

5.  A5 2020

6.  A9 2020

चरण २ः जुलाई अपग्रेड
1. A91

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप