शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआइसी एशिया बैंकमा अनलाइनमार्फत खाता खोल्न थप सहज

बुधबार, २१ जेठ २०७७, १७ : १२
बुधबार, २१ जेठ २०७७

काठमाडौं– कोरोनाभाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एनआइसी एशिया बैंकले घरमै बसी अनलाइन खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ । 

यस विषम परिस्थितिमा समेत अनलाइन खाता खोल्ने ग्राहकहरूको संख्यामा उल्लेख्य वृद्घि भइरहेको अवस्थामा बैंकले प्रक्रियामा थप सुधार गरी छोटो समयमै ग्राहकहरूले खाता खोल्न सक्ने सुविधा ल्याएको हो । 

सर्वप्रथम ईमेल, नाम, मोबाईल नम्बर, जन्म मिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहकले दोस्रो चरण पूरा गर्नका लागि बैंकबाट इमेल प्राप्त गर्नेछन् । दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहकले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सक्नेछन् । साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ ।

विदेशमा रहेका ग्राहकहरूले ईमेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि अनुरोध गर्न सक्नेछन् । यो प्रक्रिया प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नेछन् तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिनेछ । 

तसर्थ, अब ग्राहकहरुले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाइटमा गई अनलाईन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ ।

यसरी अनलाईन खाता खोलेका ग्राहकले लकडाउन अवधीसम्म मोबाइल बैंकिङ्गमार्फत पहिलो कारोबार गर्दा रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्नेछन् । यसैगरी यस लकडाउनको अवधिमा ग्राहकहरुले घरमै बसी आफुलाई चाहिने खाद्य सामग्री बैंकको मोबाईल बैंकिङ्ग वा डेबिट÷क्रेडिट कार्ड जस्ता भुक्तानी माध्यम प्रयोग गरी विभिन्न अनलाइन स्टोरहरुबाट खरिद गर्दा १०% वा रु. ५०० सम्मको नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । 

अनलाइन खाता खोली मोबाइल बैंकिङ्ग वा बैंकको कार्डहरु मार्फत भुक्तानी गर्दा ग्राहकहरूले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै डायमण्ड श्रेणीको खाता खोलेर न्यूनतम रकम जम्मा भए पश्चात खाता खोल्ने ग्राहकलाई रु. २१ लाखसम्मको बीमा सुविधा पनि प्रदान गरिनेछ र सो बीमा सेवा वापत लाग्ने शुल्क बैंक आफैले भुक्तानी गर्नेछ । यी विभिन्न सुविधाहरुको विस्तृत जानकारी बैंकको वेबसाइटबाट पनि प्राप्त गर्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप