बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमित संख्या २ लाख नाघ्यो

बुधबार, २१ जेठ २०७७, १६ : ०९
बुधबार, २१ जेठ २०७७

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख नाघेको छ । यसअघि मंगलबार एकैदिन भारतमा ८ हजार ९ सय ९ जनामा संक्रमण देखिएको थियो । 

पछिल्लो आँकडाअनुसार भारतमा कुल संक्रमित संख्या २ लाख ८ हजार ४ सय ४ जना पुगेको छ र ४ हजार ८ सय ३३ जनाको मृत्यु भइसकेको छ । कुल संक्रमित संख्याका आधारमा भारत विश्वको सातौं स्थानमा छ । 

भारतमा कुल संक्रमितमध्ये १ लाख ४ सय ११ जना निको भइसकेका छन् भने र अहिले पनि १ लाख २ हजार १ सय ६० जनामा सक्रिय संक्रमण छ । सक्रिय संक्रमणका आधारमा भारत विश्वमा अति प्रभावित देशको सुचीमा चौथो स्थानमा आउँछ । यसभन्दा बढी सक्रिय संक्रमित अमेरिका, ब्राजिल र रुसमा छन् । 

कोरोनाको मृत्युदर भने भारतमा न्युन छ । संक्रमितमध्ये २ दशमलव ८२ प्रतिशतको मात्रै ज्यान गरेको छ । भारतबाहेक अन्य दक्षिण एशियाली देशमा पनि कोरोना संक्रमण फैलने दर उच्च छ । 

पाकिस्तानमा कुल ८० हजार ४ सय ६३ जनामा संक्रमण देखिएको छ । यसमध्ये १ हजार ६ सय ८८ जनाले ज्यान  गुमाएका छन् । २८ हजार ९ सय २३ जना निको भएका छन् भने ४९ हजार ८ सय ५२ जनामा अझै संक्रमण कायम छ । त्यस्तै, बंगलादेशमा कुल ५५ हजार १ सय ४० जनामा संक्रमण देखिएकोमा ७ सय ४६ जनाले ज्यान गुमाएका छन् । ११ हजार ५ सय ९० जना निको भएका छन् भने ४२ हजार ८ सय ४ जनामा अझै संक्रमण कायम छ ।

दक्षिण एशियाली देशमध्ये नेपाल चौथो स्थानमा छ । नेपालमा अहिलेसम्म २ सय ९९ संक्रमितमध्ये २ सय ६६ जना निको भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप