शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

बुधबार, २१ जेठ २०७७, १५ : ५८
बुधबार, २१ जेठ २०७७

अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।

नेपाल क्रान्तिकारी माओवादीका विभिन्न भातृ संगठनले एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । एमसीसी पारित गरेर नेपाललाई एक कम्पनीको जिम्मा लगाउने षडयन्त्र थालिएको प्रदर्शनकारीहरुको आरोप छ । प्रदर्शनमा सहभागि विद्यार्थी नेता निर्गराज जैसीले एमसीसी पारित भए घरघरमा पुगेर आन्दोलन गर्ने बताए । एमसीसी पारित गर्नुको सट्टा युवाहरुलाई राष्ट्रिय अभियानमा जोडेर देश विकासमा अगाडी बढ्न उनले आग्रह गरे । 

सरकारले बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित परियोजना समावेश गरेपनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि विवादको विषय बनेको छ । 

बुधबार नै माइतीघरमा जनता समाजवादी पार्टीले पश्चिम रुकुमको घटना निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै प्रदर्शन गरिएको छ । २१ औं सताब्दीमा पनि मान्छेमान्छेविच हुने विभेद अन्त्य हुन नसकेको भन्दै प्रर्दशनकारीहरुले दुःख व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप