शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कनेक्टिङ द डट्सः अनलाइन शिक्षा समुदायको निर्माणमा ग्लोकलको पहल

बुधबार, २१ जेठ २०७७, १५ : ०५
बुधबार, २१ जेठ २०७७

काठमाडौं– ग्लोकल शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । बिगत लामो समय देखि युवा वर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको विषयमा पोख्त हुन विभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । ग्लोकल एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था र उत्साहित टीमले बनेको छ र अहिले लकडाउनको समयमा पनि विभिन्न सिपमुलक कार्यक्रम गर्दै आएको छ ।

महामारीले हरेक क्षेत्रलाई उल्लेखनीय रूपमा अवरूद्ध गरेको छ । यसबाट ग्लोकल पनि अछुतो रहन सकेन, ग्लोकलका धेरै परियोजनाहरु रोकिए । यध्यपी यस अवस्थामै, ग्लोकलले सिप विकासलाई मध्यनजर गर्दै अनलाइन कार्यक्रमको सुरुवात गरेको छ ।

लकडाउन सुरु भएपछि ग्लोकलले अनलाइन कक्षा सुरू गर्यो । ग्लोकल आफ्टर स्कूल (ग्लोकलको इकाई) ले बिभिन्न विषयहरूमा “While Isolated, Let’s get Skilled” भन्ने नाराका साथ अनलाइन पाठ्यक्रमहरू सुरू गरेको हो । यो अनलाइन पाठ्यक्रमहरू विभिन्न क्षेत्रका विज्ञहरूले आधारभूत शिक्षा प्रदान गरी अहिलेको समयको उचित सदुपयोगका लागि बनाइएको हो अनलाइन शिक्षा पोर्टल, भविस्यमा पनि सुचारु गर्ने लक्ष्य लिएर ग्लोकल टीम अघी बढेको छ ।

इच्छुकहरुले घरमै बसेर अनलाइन मार्फत पाठ्यक्रम अनुरुप विभिन्न विषयहरूमा ज्ञान हासिल गर्न सक्नेछन् । ग्लोकल लगातार आनन्दित शिक्षा वातावरण सिर्जना गर्न निरन्तर काम गरिरहेको छ र अनलाइन पाठ्यक्रमहरूमार्फत युवाहरूको रुचिको विषयमा संलग्न भई युवाहरूको सीप विकास गर्न अवसरहरू प्रदान गरिरहको छ । उद्यमशीलता, व्यक्तिगत वित्तीय व्यवस्थापन, स्पिकिङ, एक्टिङ, लेखन तथा करियर निर्माण आदि जस्ता शीर्षकहरूमा ग्लोकलले सफलतापूर्वक अनलाइन पाठ्यक्रमहरू संचालन गरिरहेको छ ।

केवल अनलाइन पाठ्यक्रमहरू मात्र नभइ ग्लोकलले यस महामारीको स्थितिमा किशोर र युवालाई बौद्धिक गतिविधिमा संलग्न गराउन र विश्वभरि हुने घटनाहरूको बारेमा सचेत बनाउन र उनीहरूलाई विभिन्न पक्षमा बौद्धिक बनाउन विभिन्न हाजिरी जवाफ प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । सोही कार्यक्रममार्फत विजेताहरूलाई ६ लाखको छात्रवृत्ति पनि प्रदान गरेको ग्लोकलले जनाएको छ । ग्लोकलले युवा तथा किशोर किशोरीहरूलाई सीप प्रदान गरी उनीहरूलाई बिभिन्न गतिविधिमा संलग्न गराइरहेको छ । 

साथै ग्लोकलले #WeWillRevive न्तर्गतका विभिन्न लाइभ सेसनहरू आयोजना गर्दै आएको छ । बिभिन्न क्षेत्रका विज्ञहरू लिएर यस महामारीमा कसरी पुनरुत्थान गर्न सक्दछौं भन्ने बारेमा कुराकानी एवं छलफल गरिरहेको छ । यो ग्लोकलको एक महत्वपूर्ण अभियान हो जसले समाज र राष्ट्रलाई हामी फेरी सबल हुने छौं भन्ने आशा राख्ने काम गरेको छ । ग्लोकलको एक महत्वकांक्षी योजना भनेको नेपालमा अनलाइन सिप बिकासका निम्ती कार्य गर्ने हो । 

ग्लोकलका कार्यकारी निर्देशक आशीष ठाकुर भन्छन्, ‘हामी ग्लोकल, नेपालमा अनलाइन सिकाइ दुनियाँ भित्र एउटा नयाँ उद्यम बनाउने दिशामा छौं । यो केवल एउटा उद्यम मात्र होइन, हामी त्यस्तो समुदायको निर्माण गर्दैछौ जसले नेपाली प्रशिक्षकहरूलाई प्रमोट र सहयोग गर्नेछ । युवाहरूलाई बौद्यिक प्रतिस्पर्धाको आधार बनाउन विभिन्न क्षेत्रमा कौशल बनाउनु पनि हाम्रो लक्ष्य रहेको छ।’

कोरोना महामारीको परिणाम स्वरूप कम्पनीहरू र संगठनहरू संकटको अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेका छन् । यद्यपि सकारात्मकताका साथ यो स्थिति प्रक्रिया र आन्तरिक संचार सुधार गर्न र ग्लोकलमा पनि समग्र दक्षता बढाउने नयाँ तरिकाहरू अन्वेषन गर्न सहयोग पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप