
विश्व बैंकले दियो नेपाललाई १० करोड डलर ऋण

काठमाडौं । विश्व बैंकले नेपालाई १० करोड डलर ऋण दिएको छ । नेपालको विद्युतीय क्षेत्रको पुनरुत्थानका लागि विश्व बैंकले सो ऋण दिएको हो ।
नेपाल सरकारलाई नीतिगत तथा संस्थागत सुधार र नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधारका लागि विश्व बैंकले गर्ने तीनवटा विकास ऋण सहयोग मध्ये यो दोस्रो चरणको ऋण सहयोग भएको विश्व बैंकले भनेको छ ।
संकटको समयमा नेपालको विद्युत क्षेत्रमा सुधार गर्नु महत्वपूर्ण रहेको विश्व बैंकका नेपाल प्रबन्धक फरिस हदद जर्भोसले बताए। सरकारको विश्वसनीय, गुणस्तरीय, सर्वसुलभ र दीगो विद्युत क्षेत्रको विकास गरेर गरिबी निवारण तथा समृद्धिका लागि जलविद्युत क्षेत्रमा लगानी र सहयोग बढाउने रणनीतिलाई बैंकको सघाउने नीतिले पुनः प्राथमिकता दिने पनि उनले बताए ।
कोरोनाका कारण अहिले विद्युत माग घटेको, निर्माण सामाग्री ढुवानीको अभावले काममा अवरोध भएको र नगद प्रवाहमा पनि समस्या भएको विश्व बैंकले उल्लेख गरेको छ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ