शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हङकङ चीनको अविभाज्य क्षेत्र हो: प्रवक्ता पौडेल

बुधबार, २१ जेठ २०७७, १४ : ५१
बुधबार, २१ जेठ २०७७

काठमाडौं । सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहोर्याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ ।

हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा जिज्ञासा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपालको एक चीन नीतिप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै त्यहाँ शान्ति–सुरक्षा र विधिको शासन कायम गर्नु चीनको दायित्व भएको बताए ।

कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने मान्यताप्रति नेपाल अडिग रहेको बताउँदै उनले हङकङमा शान्ति सुव्यवस्था कायम गर्न चीनले गरेका प्रयासप्रति नेपालको समर्थन रहेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप