
बैतडीका पहिलो संक्रमितले जिते कोरोना

बैतडी । बैतडीका पहिलो संक्रमित कोरोनामुक्त भएका छन् । प्रहरी हिरासतमै कोरोना संक्रमण पुष्टि भएका शिवनाथ गाउँपालिकाका–२ का २२ वर्षीय युवक कोरोनामुक्त भएका हुन् ।
यही जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पतालमा उपचारत उनी कोरोनामुक्त भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएपश्चात दुई पटक गरिएको पीसीआरमा रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
मंगलबार र बुधबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
विगत १२ दिनदेखि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारत युवकले कोरोना जितेपछि आजै डिस्चार्ज गरिएको छ ।
कर्तव्य ज्यान मुद्धामा गत वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका युवकमा जेठ ९ गते कोरोेना पुष्टि भएको थियो । गत वैशाख १५ गते किशोरी मृत्यु प्रकरणमा पक्राउ परेका उनलाइ प्रहरी हिरासतमै रहेका बेला कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै कोरोनामुक्त भएका ती युवकलाई आजै कारागार चलान गरिएको छ । कर्तव्य ज्यान अभियोगमा जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बेला कोरोना पुष्टि भएका २२ वर्षिय युवकलाइ कारागार चलान गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
कोरोना जितेपनि जिल्ला अदालत बैतडीले ती युवकलाई यसअघि नै पुपक्र्षका लागि कारागार चलान गर्न आदेश दिएकाले कारागार चलान गरिएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्दले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ