केन्द्रीय संस्करण

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

person explore access_timeजेठ २१, २०७७ chat_bubble_outline0

काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार कालिकोटको  नरहरीनाथ गाउँपालिका-१ लालीघाटस्थित सडकमा कर्णाली प्रदेश ०२-००१ ज ००३० नम्बरको जीपअनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटनाहुँदा जीप चालक रास्कोट नगरपालिका-१ बस्ने ४५ वर्षीय डबल बहादुर साहीकोघटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका जीपमा सवार नरहरीनाथ गाउँपालिका-३ बस्ने ५० वर्षीयपुर्ण प्रसाद उपाध्यायलाई उपचारको लागि जिल्ला अस्पताल कालिकोटतर्फ लगिएको छ । 

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ चौघडास्थित सडकमा बा.२ क ७११० नम्बरको ट्रकले अनटेष्ट लेखिएको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ४८ वर्षीयश्याम फुल बलामीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ । 

झापाको गौरादह नगरपालिका-१ स्थित सडकमा मे.१ त १९३२ नम्बरको ट्याक्टरको चक्काले किच्दा सोही ट्याक्टरका चालक गौरीगंज गाउँपालिका-१ तुलाचन बस्ने २७ वर्षीय जितु राजबंशीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
 उक्त स्थानमा बिग्रिएको मे.१ त १९३२ नम्बरको ट्याक्टरलाईतानेर लैजाने क्रममा आफूले चलाएको ट्याक्टरको सिटबाट झर्दा चक्काले किचेर गम्भीर घाइते भएकाराजबंशीको उपचारको लागि दमक लाईफ लाईन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्युभएको हो । दुवैसवारी साधन र मे.१ त ४१६१ नम्बरको ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी धनुषाको मिथिला नगरपालिका-११ चुरेस्थित सडकमा बा.४३ प ३८९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदामोटरसाइकल चालक सोही नगरपालिका तुल्सी बस्ने २५ वर्षीय उमेश परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका-५ फुलजोरस्थित सडकमा ना.८ ख ३०९३ नम्बरको टिपरअनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका टिपरका सहचालक सोही नगरपालिका-७ बस्ने २३ वर्षीय सुजन दनुवारको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका टिपरका चालकलाई त्रिदेब अस्पताल रानीगंज सर्लाही हुँदै थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज रिफर गरिएको छ । उक्त टिपर ना.४ त ४१२५ नम्बरको ट्याक्टरसँग ठक्कर खाई अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.