तत्काल कर बुझाउने सूचना सच्याउन काँग्रेसको माग
काठमाडौँ । नेपाली काँग्रेसले लकडाउनको समय भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठा भएको ठहर गरेको छ । सरकारको यस कार्य प्रति नेपाली काँग्रेस संसदीय दल घोर भत्र्सना गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जनाएका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, ‘कोरोना रोगको कारण बन्द भएका साना देखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको छ ।’
आमनागरिकलाई पिडा माथि पिडा थप्ने कार्य अत्यन्त निन्दनीय रहेको बताउँदै सरकारको यस गलत कदमलाई तत्काल सच्याउनको लागि नेपाली कांग्रेस संसदीय दल जोडदार माग गरेका छन् । । जनतालाई पिडा माथि पिडाको अनुभूति नदिन पार्टीले खबरदारी समेत गरेको छ ।
विगत ७० दिन भन्दा बढी समयदेखि कोरोना भाईरसको कारण सरकारले मुलुकभर बन्दाबन्दी (लकडाउन) गरिरहेको अवस्था छ । यस अवधिमा सरकार जति गम्भीर एवं जिम्मेवारीपूर्वक ढंगबाट कोरोना रोगको रोकथाम, न्यूनिकरण तथा उपचारका लागि तत्पर हुनुपर्ने हो तर त्यसो नभई दिनानुदिन एक पछि अर्को जनतालाई आतङ्कित गर्ने कार्य गर्दै आइरहेको काँग्रेसको आरोप छ । सरकार जनताप्रति अनुत्तरदायी भएको कारण सरकारको कार्य क्षमतामा प्रश्न चिन्ह खडा भएको बताउँदै सरकार दिनप्रति दिन असफल हुँदै गइरहेको पार्टीको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची