बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुम्लामा निषेधाज्ञा जारी

बुधबार, २१ जेठ २०७७, ११ : २३
बुधबार, २१ जेठ २०७७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै प्रशासनले रोकथाम तथा नियन्त्रण गर्न बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सम्भावित  उच्च संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै संक्रमण जोखिम न्यूनिकरण, रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको जुम्लाका सिडिओ भूपेन्द्र थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप