शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – भारतको ३९ करोड जनसंख्या विभाजन गर्ने घोषणा

बुधबार, २१ जेठ २०७७, ११ : १९
बुधबार, २१ जेठ २०७७

३ जुनलाई भारतको इतिहास र भूगोल बदल्ने दिनका रुपमा लिइन्छ । सन् १९४७ मा आजैका दिन बेलायती शासकको प्रतिनिधित्व गर्ने भारतका अन्तिम भाइसराय लर्ड माउन्टबेटनले देशलाई दुई हिस्सामा बाँड्ने घोषणा गरे ।

भारत विभाजनको यस घटनालाई ‘३ जुन योजना’ वा ‘माउन्टबेटन योजना’ पनि भनिन्छ । यस समय भारतमा हिन्दु–मुस्लिमबीच दंगा चलिरहेको थियो र अधिकार प्रान्त सरकारमा भएकाले केन्द्र सरकारले केही गर्नसक्ने अवस्था पनि थिएन । त्यसैले, राजनीतिक र साम्प्रदायिक गतिरोध समाप्त गर्नका लागि ‘३ जुन योजना’ ल्याइयो, जसमा भारतको विभाजनपछि भारत तथा पाकिस्तानलाई अलग–अलग रुपमा सत्ता स्थापना गर्ने विवरण थियो ।

यही घोषणा र बेलायती संसद्को निर्णयअनुसार विभाजनको कामलाई अघि बढाइयो । तत्कालीन समयको ३९ करोड जनसंख्यालाई टुक्राउनेगरी विभाजनको रेखा खिच्ने जिम्मेवारी सर साइरिल रेडक्लिफलाई दिइएको थियो र रोचक कुरा उनी त्यसअघि कहिल्यै भारत आएका थिएनन् । छोटो समयमै पञ्जाव र बंगाललाई अलग गर्नेगरी सीमारेखा खिच्नुपर्ने जिम्मेवारी अनुरुप उनले हतार–हतारमा सिमारखो खिचेका थिए, आज यस रेखालाई ‘रेडक्लिफ लाईन’ पनि भनिन्छ ।

विभाजनको समय भारतको भूगोललाई मात्रै हेरियो, तर यहाँको सामाजिक–सांस्कृतिक र धार्मिक सम्बन्धलाई हेरिएन । बंगाल र पञ्जावका हरेक जिल्लामा गैर–मुस्लिम वा मुस्लिम जनसंख्याका आधारमा भूभाग बाँडफाँड गरियो । यसो गर्दा कसैका आफन्त भारत र पाकिस्तानमा परे, कसैको घर भारतमा र गोठ पाकिस्तानमा प¥यो । कसैको घर नै आधा भारत र आधा पाकिस्तानमा प¥यो । यसपछि, विभाजनको समय भएको हिन्दू–मुस्लिमका विभिन्न प्रदर्शन र दंगामा झन्डै २० लाखले ज्यान गुमाए । १ करोड ४० लाख मानिस घरबारविहीन भए । विशेषगरी पाकिस्तानी क्षेत्रबाट हिन्दूहरु घरबार छाडेर भारत आए । भारतबाट कतिपय मुस्लिम पाकिस्तान हिँडे । यस विभाजनको काम सकिएलगत्तै अगस्त १४ मा पाकिस्तान र अगस्त १५ मा भारत नयाँ देश बने । सन् १९७१ मा पाकिस्तानबाट टुक्रिएर तत्कालीन ‘पूर्वी पाकिस्तान’ ले नयाँ स्वतन्त्र देश अर्थात् अहिलेको बंगलादेशको स्वरुप लियो ।

सन् १९१५–  ब्रिटिश सरकारले रविन्द्रनाथ टैगोरलाई नाइटहुडको उपाधिबाट सम्मान ग-यो ।

सन् १९४३– संयुक्त राष्ट्रसंघद्धारा राहत र पुनर्वास प्रशासनको स्थापना ।

सन् १९५९– सिंगापुरलाई स्वतन्त्र राज्य घोषणा गरियो, यसअघि यो बेलायती साम्राज्यको हिस्सा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप