मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेटर हार्दिक पाण्ड्यासँग विवाह गरेकोमा नायिका नताशाका पूर्वप्रेमीले दिए यस्तो प्रतिक्रिया, अत्यधिक चर्चित

बुधबार, २१ जेठ २०७७, ०९ : १७
बुधबार, २१ जेठ २०७७

बलिउड नायिका नताशा स्टेनकोविचले भारतीय क्रिकेटरसँग इन्गेजमेन्ट तथा विवाहको घोषणामा बधाई दिनेको ताँती लाग्यो ।

वास्तवमा यो नव दम्पत्तिका लागि यो दोहोरो खुशीको मौका हो किनभने बलिउड नायिका गर्भवती छिन् । यतिबेला फिल्म इन्डष्ट्रि र क्रिकेट इन्डष्ट्रि दुबैतिरबाट लगातार बधाई पाइरहेका छन् । यसबीच नताशाका पूर्व–प्रेमीले पनि यस्तो मेसेज दिएका छन् जुन निकै चर्चित भएको छ ।

वास्तवमा, नताशाले सन् २०१४ देखि दुई वर्षसम्म एली गोनीलाई डेट गरेकी थिइन् । यी दुई सन् २०१९ को टिभी शो नच बलिएसम्म पनि सँगै थिए । सन् २०१९ सम्म नच बलिए चलिरहेकै बेला यी दुई अलग्गिएको खबर आएको थियो ।

त्यसको केही महिना पछि नै नताशाले क्रिकेटर हार्दिक पान्ड्यासँग इन्गेजमेन्ट गरेको खबर अचानक आयो । जब दुईले आफूहरुले विवाह गर्न लागेको बारे जानकारी दिए तब एलीले यो दम्पत्तिलाई बधाई दिँदै लेखे, ‘भगवानले तिम्रो रक्षा गरुन् साथीहरु ।’ साथै उनले हार्ट इमोजी पनि राखे । त्यसपछि नै मानिसहरुले यो कमेन्ट हेरेर विभिन्न प्रकारको प्रतिक्रिया दिन सुरु गरेका छन् ।

स्मरण रहोस्, बलिउड नायिका तथा डान्सर २७ वर्षकी नताशा मूल रुपमा सर्बियाकी हुन् । नच बलिए टिभी शोमा देखिँदा पान्ड्याले उनका लागि भोट अपिलसमेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप