शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपुरमा थपिए संक्रमित, गण्डकीमा संक्रमित कुल संख्या ३८

बुधबार, २१ जेठ २०७७, ०९ : १६
बुधबार, २१ जेठ २०७७

गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १६ वर्षीय किशोरमा कोरोना पुष्टि भएको छ ।

नवलपुर बुलिङटार गाउँपालिका ठेगाना भएका संक्रमित किशोर कपिलबस्तु बाडगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । कोरोना पुष्टि भएका उनलाई भरतपुर महानगरपालिका चितवनस्थित कोरोना अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।

हिजो मात्रै स्याङ्जा र पर्वतमा १० जना संक्रमित थपिएका थिए । गण्डकी प्रदेशका ११ जिल्लामध्ये ७ जिल्लामा संक्रमित भेटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप