दुई सहायक वन अधिकृत घुस लिएको अभियोगमा पक्राउ
बुधबार, २१ जेठ २०७७, ०८ : १४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुस लिएको अभियोमगा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ रु दुई लाख घुस लिएको अभियोगमा पक्राउ गरिएको हो ।
उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना आयोगमा पुगेको थियो । सोहीअनुसार आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट रु एकएक लाख घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए । नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ । आयोगका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही