बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट पाकिस्तानी मन्त्रीको मृत्यु

मङ्गलबार, २० जेठ २०७७, २२ : ५६
मङ्गलबार, २० जेठ २०७७

एजेन्सी । पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सिन्ध राज्यका शिक्षा मन्त्री सइद गनीका अनुसार अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको हो ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै आइसोलेसनमा बसेका थिए । घरमा स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको बीबीसीले जनाएको छ ।

बलोच पाकिस्तान पिपुल्स पार्टी कराँचीका अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए । उनी सन् २०१६ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए ।   पाकिस्तानमा अहिलेसम्म ७२ हजार संक्रमित भएका छन् भने १५ सय ५३ जनाको मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप