शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

मङ्गलबार, २० जेठ २०७७, २१ : ५७
मङ्गलबार, २० जेठ २०७७

बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।

    ११ दिनअघि गाउँकै स्वास्थ्य चौकीमा सुत्केरी हुनुभएकी पोखरेललाई उच्च रक्तचाप, बेहोस हुने जस्ता समस्या देखिएपछि मङ्गलबार दिउँसो आकस्मिक उद्धार गरिएको हो ।
 राष्ट्रपति मातृ सुरक्षा कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय, प्रदेशको सामाजिक विकास मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरी हेलिकोप्टरबाट पोखरा पठाइएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिए । पोखरेलको अहिले गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप