शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस उपसभापति निधिद्वारा सुरक्षा सामाग्री वितरण

मङ्गलबार, २० जेठ २०७७, २१ : १२
मङ्गलबार, २० जेठ २०७७

जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको क्षेत्र नम्बर ३ स्थित विभिन्न क्वारेन्टिन तथा आइसोलेसनमा कार्यरत सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरिएको छ । 

उपसभापति निधिले पीपीई, ह्याण्ड ग्लोवस, एन–९५ मास्क र तापक्रम नाप्ने थर्मल गत उपलब्ध गराएकोमा स्थानीय पार्टीको अगुवाइमा वितरण गरिएको हो । 

दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको बेला अग्रमोर्चामा विभिन्न क्वारेन्टिनहरुमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा नेपाली सेनाका जवानहरुलाई सो सुरक्षा सामग्रीहरु बाँडिएको  नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जानकारी दिए ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा रहेको क्वारेन्टिन, नगराईन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा रहेको प्रादेशिक क्वारेन्टिन, धनौजी गाउँपालिकामा रहेका २ वटा क्वारेन्टिन, नगराइनस्थित २ वटा क्वारेन्टिन, देवडिहा स्थित क्वारेन्टिन, जटही सीमा प्रहरी चौकी, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा रहेका ४ वटा क्वारेन्टिनलगायतका ठाउँहरुमा सुरक्षा सामग्री वितरण गरिएको थियो । 

यी क्वारेन्टाइनहरुमा पीपीई  ६० थान, तापक्रम नाप्ने थर्मल ह्याण्ड गन १० थान, एन–९५ मास्क ६० थान र ह्याण्ड ग्लोवस ६ सय थान वितरण गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप