शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलले ल्यायो नयाँ डेटा अफर (सूचिसहित)

बुधबार, २१ भदौ २०७४, ११ : २७
बुधबार, २१ भदौ २०७४

काठमाडौं–एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई दु्रतगतिको इन्टरनेट सेवा सुलभ दरमा प्रदान गर्न नयाँ डेटा प्याक ल्याएको छ । 
यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्ने जनाइएको छ । कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजालिन सक्ने एनसेलले जनाएको छ । 

नयाँ डेटा प्याक कुनै पनि बेलाप्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमाप्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । जसअन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १० हजा एमबि सम्मका डेटा प्याकहरु १० देखि १ हजार ५ सय रुपैयाँ सम्मको प्याक शुल्कमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार  कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने छन् । 

कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता हो । उदाहरणका लागि एक सयमा ५ सय एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५ सय एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्ने जनाइएको छ । यस योजना अन्र्तगतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुपप्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्रमान्य हुने जनाइएको छ ।

अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँमा ३० एमबि डेटा प्राप्तगर्ने र यो प्याक सुचारु गर्ने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्ने जनाइएको छ । यसरी ग्राहकले १० रुपैयाँमा ६० एमबि डेटाको मजालिन सक्ने पनि कम्पनीले जनाएको छ । त्यस्तै अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँमा १०० एमबि, ५० मा २ सय एमबि र ७० रुपैयाँमा २५० एमबि लिन सक्ने जनाइएको छ । सोहि भोल्युम बराबरको फोरजी डेटा पनि उपलव्ध रहेको छ । 

साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले एकसयमा ५०० एमबि, ३ सयमा १२५० एमबि, ५ सयमा २५०० एमबि र १ हजार ५ सयमा १० हजा एमबि डेटा प्राप्त गर्ने जनाइएको छ । यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त हुने छ । 

नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दाचार गुणा बढी डेटा भोल्युमको मजालिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । जस्तै १ हजार ५ सयमा ४० हजार एमबि नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४० हजार एमबि फोरजी डेटा बोनस प्राप्त गर्ने छन् र न्युनतम २ पैसा प्रतिएमबिमा  डेटा सेवा उपयोग गर्न सक्ने जनाइएको छ । 

यो योजना बुधबार (भदौ २१) देखि ९० दिनको लागिलागु हुनेछ र फोरजी बोनस ३० दिनका लागि मान्य हुनेछ । डेटा प्याकहरुको उल्लेखित सबै शुल्कहरु कर सहितका रहेका पनि जनाइएको छ । 
सुलभ दरमा दु्रतगतिको इन्टरनेटको मजाको लागि एनसेलका ग्राहकले  एस्ट्रिस्क१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । अल टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम टाइप गरि १७१२३ मा एसएमएस पठाउनु पर्नेछ । 
त्यस्तै नाइट टाइम प्याक सुचारु गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याक भोल्युम र अंग्रेजीमा ठूलो ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस  पठाई यो डेटा प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एपबाट पनि डेटा प्याकहरु सुचारु गर्न सकिनेछ ।

‘इन्टरनेट सेवाअझ सुलभ बनाउदै नयाँ प्याकहरु ल्याउन पाउँदा हामी निकै हर्षित छौ, नजिकिदै गरेको चाडपर्व र देशको विभिन्न शहरमा फोरजी सेवा विस्तार भई सकेको हालको अवस्थामा यो योजनाले ग्राहकलाई थप लाभ पुर्याउने कुरामा हामी विश्वस्त छौ,’ एनसेलका कपोर्रेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने । 

पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा संचालनमा ल्याए पश्चात एनसेललेसेवाविस्तार गर्दै आइरहेको छ । हाल एनसेलको फोरजी सेवा देशको विभिन्न १९ शहरमा उपलब्ध  छ । एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा यो सेवाविस्तार गर्र्दैै ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरबाट लाभ पुर्याउने र डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप